संक्षिप्त विवरण

खोटाङ जिल्लाका ८ वटा गाँउपालिकाहरु मध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करीव २१ कोष (६७.२ कि.मि.)को दूरीमा अवस्थित छ । साविकका याम्खा, टेम्मा, डाँडागाँउ, छोरम्बु, बतासे, छितापोखरीर सत्तेश्वर छितापोखरी गा.वि.स हरु समावेश भएका यस गाउँपालिकाका ७ वटा वडा छन भने कुल क्षेत्रफल १३६.४८ वर्ग किमी रहेको छ । यस गाँउपालिकाको पूर्वमा साकेला गाँउपालिका, उत्तरमा रुपाकोट मझुवा गढी नगरपालिका र साकेला गाँउपालिका, पश्चिममा हलेशी तुवाचुङग र उदयपुर जिल्लासँग र दक्षिणमा खोटेहाङ गाँउपालिका रहेको छ । कुल २२३८७ जनसंख्या तथा ३७५२ घरधुरी रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सवै भन्दा वढी जनसंख्या वडा नं. ७ मा (४३७६) र सबैभन्दा कम जनसंख्या वडा नं. ६ मा (२३२६) रहेको छ । त्यस्तै यस गाउँपालिकाको वडागत घरधुरी संख्या सबैभन्दा बढी वडा नं. ७ मा ६८८ र सबैभन्दा कम वडा नं. ६ मा ३८५ रहेको छ।

आधारभूत जानकारी
Koshi
Khotang
गाउँपालिका
654665.00 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 4498
Male 8894
Female 0
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2074-06-12
Website -
Map coordinates not available